Logo

सगरमाथा भ्रमणको कथामा आधारित बलिउड चलचित्र ‘उचाइ’को ट्रेलर सार्वजनिक


२ कात्तिक ०७९,काठमाडौं । सगरमाथा भ्रमणको कथामा आधारित नेपालमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक गरिएको छ ।
सुरज वर्जत्यले निर्देशन गरेको चलचित्रको ट्रेलरमा नेपालको हिमालय क्षेत्र कलाकारहरु अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा देखिन्छन् ।
सगरमाथा भ्रमणको सपना बोकेकाहरुको कथा भएकाले संसारभर प्रर्दशन हुने यो चलचित्रले नेपाली पर्यटनमा खास प्रभाव पार्ने विश्वास गरिएको छ ।
‘उचाइ’ यही कात्तिक २५ गते प्रर्दशनमा आउने भएकाले खुलेको मौसम रहेकै अवस्थामा पर्यटन उद्योगमा प्रभाव पार्ने छ ।
च्लचित्रमा अमिताभ बच्चन र अनुपम खेरलगायतले नेपाली ढाका टोपी लगाएर नाचेको दृश्य देख्न सकिन्छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्