Logo

सत्यमोहन जोशीको जन्मकुण्डली अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न पहल

फाइल तस्बिर

२ कार्तिक ०७९, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको जन्मकुण्डलीको विशेष अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न ज्योतिषीहरुले पहल गरेका छन् । जोशीको १०३ वर्ष उमेरमा गत आइतबार (३० असोज)मा निधन भएको थियो ।

जोशीको जन्मकुण्डलीको विशेष रुपमा अध्ययन गरेर ग्रहहरुले बनाएका विशिष्ट योगहरुको बारेमा प्रतिवेदन तयार पारिने र यसलाई राष्ट्रिय संग्राहलयमा राख्न पहल थालिएको ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजालले जानकारी दिए ।

जोशीको जन्मपत्रिकामा निर्माण भएका योगहरुको विषयमा विश्वविद्यालय तथा विद्वान् ज्योतिषीहरुसँग बसेर संयुक्तरूपमा  अध्ययन गरिने रिजालले बताए । ंयसले आगामी पुस्तालाई ग्रहहरुले पार्ने प्रभावका बारेमा कुण्डली फलादेश गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

संघीय सरकार तथा ललितपुर महानगरपालिका सँगको सहकार्यमा अध्ययनलाई अगाडि बढाउने योजना रहेको छ । विशिष्ट व्यक्तिहरुको जन्मकुण्डली अध्ययन गर्नेगरेका ज्योतिषी रिजालका अनुसार कति प्रकारका राजयोग तथा १०३ वर्षे  आयूका बारेमा विशेष अध्ययन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्