Logo

जावलाखेलमा सुन्दर फूलै फूल(तस्विरहरु)

ललितपुर खबर
५ कात्तिक ०७९, जावलाखेल । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा विहीबारबाट विभिन्न फूलहरुको प्रर्दशनी जारी छ । गोदावरी सयपत्री, मखमली लगायत फूलसँगै यहाँ पुष्प व्यावसायका लागि प्रयोग गरिने विभिन्न सामाग्रीहरुको समेत प्रर्दशनी भइ रहेको छ ।


जवलाखेलस्थित फुटवल चौरमा भइरहेको प्रर्दशनीमा सेल्फी खिच्ने, फूलहरु हेर्ने र किन्नहरुको भीड छ । आइतबारसम्म चल्लने प्रर्दशनीमा राजधानीका नर्सरीहरुले स्टल राखेका छन् भने फ्लोरिकल्चर एशोसियसनले फूलहरु राखेर सझाएको छ । यहाँ घुम्न र तस्विर खिच्न उपयोगी रहेको एशोसिएसनले बताएको छ ।

 

फ्लोरिकल्चर एसोसिएशन नेपालद्वारा बिहीबार जावलाखेल खेल मैदानमा आयोजित १५ ओैँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७९ मा राखिएका फूल । तस्बिर : चन्द्रकला क्षेत्री,रासस

 

प्रतिक्रिया दिनुहोस्