Logo

चुनावपछि बन्ने सरकारले टिकट नपाएर छुटेकालाई अवसर दिन्छ : प्रचण्ड

५ कात्तिक ०७९, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ४ मंसिरको चुनावपछि बन्ने सरकारले अहिले टिकट नपाएर छुटेका कार्यकर्तालाई अवसर दिने बताएका छन् ।

सत्ता गठबन्धनले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले अहिले चुनावमा टिकट पाइनँ भनेर हतास नहुन आग्रह गरे ।  आगामी ४ मंसिरको चुनाव सामान्य नभएको भन्दै प्रचण्डले संविधान, लोकतन्त्र र जनताका लागि एक ढिक्का हुन आग्रह गरे ।

प्रचण्डले लोकतन्त्र र परिवर्तनका विरोधी, प्रतिगामी शक्तिलाई परास्त गरेर विकास र समृद्धिको आधार तय गर्न गठबन्धन आवश्यक रहेको दाबी गर्दै यो चुनावलाई पनि आन्दोलनकै रूपमा बुझ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्