Logo

ललितपुरमा तिहारभर फुटपाथमा व्यापार गर्न पाइने

६ कात्तिक ०७९, ललितपुर । ललितपुर महानगरपालिकाले तिहारभर फुटपाथ क्षेत्रमा व्यापार गर्न दिने भएको छ । महानगरले तिहारको भाइटिकाको दिन बिहान १० बजेसम्मका लागि फुटपाथ खुल्ला गरेको महानगरले जनाएको छ ।
ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको अनुसार सडकपेटी र सडक बाहेकका महानगरका खाली स्थानमा आइतबारदेखि फुटपाथ व्यवसाय खोलेको हो । फुटपाथ व्यवस्थित गर्नै महानगरले प्रहरी समेत खटाएको हाछेथुले बताए ।

 

प्रतिक्रिया दिनुहोस्