Logo

ललितपुरको इमाडोलमा चोरी

©lalitpurkhabar.comshyam phuyal

६ कात्तिक ०७९, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलमा चोरी चएको छ । प्रहरीका अनुसार भण्डारी मार्गस्थित सुनिता तामाङको घरबाट नगद रु तीन लाख ३० हजार, ल्यापटप एक थान र मोबाइल एक थानसमेत गरी करिब रु चार लाख ४७ हजार बराबरको धनमाल चोरी भएको छ ।
गएराति भएको उक्त चोरी अपराधमा संलग्न व्यक्तिहरु हाल फरार रहेकाले उनीहरुको खोजी र आवश्यक अनुसन्धान जारी रहेको प्रहरी प्रभाग इमाडोलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्