Logo

लोलाङ हाइटमा जुत्ता उद्योगमा आगलागी

७ कात्तिक ०७९, काठमाडौं । काठमाडौं लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ । सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको छ । आगलागी भएको घरमा जुत्ता कारखानाका साथै रेष्टुरेन्ट र मोटरसाइकल वर्कसप पनि रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्