Logo

अष्ट्रेलियाको मेलबर्नमा पनि म्हः पूजा


११ कात्तिक ०७९, मेलबन । अष्ट्रेलियाको मेलबर्नमा ॐ ध्वनी उच्चारण र हास्य योगसाथ बहु जातिय सकृयता र सहभागितामा म्हः पूजा सम्पन्न गरिएको छ । फरक, सहभागितामूलक, सिर्जनशिल, महिला सशक्तिकरण, समुदाय लाभप्रद जस्ता कार्यक्रमहरुका कारण आफ्नो छुट्टै पहिचान बनाउन सफल दिदी–बहिनी समाज भिक्टोरियाको आइन्ट्री शाखाद्धारा ॐ ध्वनी उच्चारण र हास्य योगसाथ बहु जातिय सकृयता र सहभागितामा म्हः पूजा सम्पन्न गरिएको हो । कार्यक्रममा न त प्रमुख अतिथि थियो, न त आसन ग्रहण गराउने र खादा लगाउने कार्यक्रम नै ।
म्हः पूजामा आत्मपुजन गरिने भएकोले नेवार समुदायले गरिने गरिएको यो चाडलाई नेवार समुदायमा मात्रै सीमित नगरी अन्य समुदायले पनि गरिनु उपयुक्त हुने र यसलाई ध्यानसंग पनि जोडिनु उपयुक्त हुने भन्दै गत बर्षदेखि म्हः पूजा गर्दा ॐ ध्वनी उच्चारण गरी गर्ने गरिएकोमा यो पटकको म्हः पूजामा बुद्धिज्म लगायत बिभिन्न १ सय १० पुस्तकका लेखक एबं संपादकको भूमिका निर्बाह गरिसकेका डा किशोर बैद्यले हास्य योगको सैद्धान्तिक पक्षको बारेमा बताएर सहभागीहरुलाई हास्य योग गराएका थिए ।

हास्य योग गर्नु अघि दिदी–बहिनी समाज भिक्टोरियाकी उपाध्यक्षले सहभागी सबैलाई आँखा चिम्लेर पहिला लामो लामो स्वास लिन लगाएर ॐ ध्वनी उच्चारण गर्न लगाएका थिए ।
दिदी बहिनी समाज भिक्टोरिया वेष्टकी संयोजक रोशनी श्रेष्ठद्धारा कार्यक्रमको शुरुमा म्हः पूजाको सैद्धान्तिक पक्षमाथि प्रकाश पारिएको थियो ।
दिदी–बहिनी समाज भिक्टोरियाका अध्यक्ष डा जमुना पराजुलीले संस्थाको एउटा प्रमुख उद्धेस्य सहभागितामूलक तवरबाट संस्कृतिको संरक्षण र सम्बर्द्धन प्राप्ती कार्यको राम्रो उदाहरण बन्न पुगेको म्हः पूजा कार्यक्रममा नियमित रुपमा सहभागी हुन पाएकोमा आफूलाई गर्ब लागेको बताइन ।
लुम्बिनी–कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले हाम्रो फोक्सोमा करीब एक करोड छिद्रहरु हुने, तर हामीद्धारा प्रायशः छोटो छोटो स्वास लिने गरिनाले करीब चालिस हजार छिद्रहरुले मात्रै काम गर्ने र काम नगरिएर बुझिएका अधिकाधिक छिद्रहरुलाई बिस्तारै खुलाउँदै लैजाने सबैभन्दा राम्रो बिधि प्राणायामकै सहयोगी कार्यको रुपमा हास्य योगलाई लिन सकिने बताए ।
म्हः पूजा गर्ने सबैलाई ८० बर्षिया दिलमाया श्रेष्ठ (कान्छी) द्धारा टीका लगाइदिने, पूजा गर्ने र घ्वाल्ल गर्ने गरिएको थियो भने कार्यक्रमको फोटो र भिडियोको लागि निःशुल्क रुपमा क्गदष्लम एजयतयनचबउजथ ७ ख्ष्मभयनचबउजथ सेवा उपलब्ध गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्