Logo

सत्यमोहन जोशीको स्मृतीमा पुरस्कार घोषणा हुँदै

फाइल तस्बिर

ललितपुर खबर
११ कात्तिक ०७९, ललितपुर । वाङ्मय शताव्दी स्व. डा.पुरुष सत्यमोहन जोशीको स्मृतीमा पुरस्कारको घोषणा हुने भएको छ ।
आज तेह्रौं पुण्यतिथीको कार्यक्रममा ५१ हजार राशीको भाषा साहित्य विद्यामा योगदान दिने श्रष्टालाई पुरस्कार वितरणका लागि सो घोषणा हुन लागेको पारिवारिक श्रोतले जानकारी दिएको छ । पुरस्कार नेपाल भाषा मंका खलःले घोषणा गर्न लागेको हो ।
आज मंगलबजारमा अपरान्ह साडे दुई बजे शोक सभा राखिएको छ । नेपाल भाषा मंका खलःले आयोजना गरेको सभा पछि मंगलबजारबाट स्व.जोशीको निवाससम्म शोक शान्ति पैदल यात्रा हुनेछ । उनको निवासमा दिप प्रज्ववलन गर्ने कार्यक्रम समेत राखिएको छ ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा, सस्कृतीइ मन्त्री जीवनराम श्रेष्ठ, ललितपुर महानगरका मेयर चिरीवावु महर्जनलगायतलाई निम्त्याइएको छ ।
गत जेठ ३० गते डा. जोशीको १ सय ३ बर्षको उमेरमा ललितपुरको एक अस्पतालमा डेंगु संक्रमणपछि मृत्यु भएको थियो । उनी केही बर्षदेखि विभिन्न रोगबाट ग्रसित थिए ।
नेपाली भाषा साहित्यमा विशेष योगदान दिएका डा. जोशीले ३ पल्ट मनद पुरस्कार पाएर रेकर्ड राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्