Logo

बझाङको लेखगाउँ केन्द्रबिन्दु भएर भूकम्प

१३ असोज ०७९, काठमाडौं । पसुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा बझाङको लेखगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । चार दशमलव छ रेक्टर स्केलको भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्