Logo

चिच्याएर आशिष माग्ने मेला लाग्दै

सत्यावती मन्दिर पाल्पा ।

१६ कात्तिक ०७९, पाल्पा । मन्दिरमा पुगेर चच्यिाएर आशिष माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको आशिष भरसक अरुले थाहा नपाउन् भनेर मन भित्रैबाट आशिष माग्ने गरन्छि । पाल्पामा भने सबैले सुन्ने गरी चिच्याएर आशिष माग्ने मेला लाग्दैछ ।
पाल्पाको तिनाउ गाउँपालकिा ४ स्थति सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दरिमा यही कात्तकि १८ देखी २२ गतेसम्म मेला आयोजना गरिएको छ । हरेक वर्ष यहाँ कात्तकि पूर्णमिाका बेला तीन दनि मेला लाग्दै आइरहेको छ भने यसवर्ष दुई दनि थप गरेर पाँच दनिसम्म मेला लाग्ने भएको छ ।
यो वर्ष राम्रो जोग परेकाले पाँच दनिसम्म मेला सञ्चालन गर्ने तयारी भइरहेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए । उनका अनुसार दुई वर्ष कोभडिका कारण चहलपहल नभएको मेला यो वर्ष भव्य रूपमा सञ्चालन गरिनेछ ।
मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर आशिष माग्ने चलन छ । धार्मकि पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको वश्विासमा चिच्याएर आशिष माग्ने गरिन्छ । यहाँ बाँसको लिङ्गो लएिर आवाज नकिाल्ने गरी चिच्याउँदै आशिष माग्ने र सत्यवती मन्दरि परसिरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरन्छि । मन्दरिमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ ।
कंिवदन्तीअनुसार एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले आफ्नो मनोकाङ्क्षा पूरा गर्ने आशिष मागे । बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिइन् । ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर आशिष माग्ने चलन बसेको स्थानीयवासी बताउँछन् ।

धार्मकि तथा ऐतहिासकि महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न वभिन्नि स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी भत्रिनिे हुनाले पूजालाई व्यवस्थापन गर्न समतिलिाई अनुरोध गरएिको तनिाउँ गाउँपालकिाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । यो वर्ष मेलामा आउने भक्तजनलाई सहजरूपमा मन्दरिसम्म पुग्न यातायातको व्यवस्था र सुरक्षाको प्रबन्ध राम्रो गरनिे अध्यक्ष श्रेष्ठ बताउनुभयो ।

नेपालका वभिन्नि जल्लिा र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दरिमा पूजाआजा गर्न आउने गरेको स्थानीयवासी धु्रवप्रसाद पंगेनी बताउनुहुन्छ ।

यसवर्ष राम्रो जोग परेकाले एक लाखभन्दा बढी दर्शनार्थी भत्रिनिे समतिकिो अनुमान छ । मेलालाई मध्यनजर गर्दै मन्दरिसम्म पुग्ने सडक मर्मत, खानेपानी, शौचालयलगायतको पूर्वाधार व्यवस्थापनका कामहरू भइरहेका छन् ।

चौबीस माइलदेख िझुम्सासम्मको सडकमा हुने सवारी चाप व्यवस्थापनमा जोड दनिे पालकिाले जनाएको छ । परापुर्वकालमा सत्यवती बज्यैले कुभण्डिोको भाँडामा पउिने पानी लएिर हँिडेको र सोही क्रममा यहाँ वश्रिाम गर्दा पोखएिर बनेको पोखरी पन िकुभण्डिो आकारकै बनेको कंिवदन्ती छ ।
–––

प्रतिक्रिया दिनुहोस्