Logo

निर्वाचन आयोगद्वारा ७१ जना उम्मेदवारलाई स्पष्टीकरण

१६ कात्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता विपरीत कार्य गर्ने ७१ जनालाई स्पष्टीकरण सोधेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बुधबार आयोगको पत्रकार सम्मेलनमा गत असोज १२ गतेदेखि अहिलेसम्म निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने ७१ जनालाई स्पष्टीकरण सोधिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले कुनैपनि उम्मेदवारले निर्वाचन क्षेत्रमा सभा, सम्मेलन आयोजना गर्न मञ्च बनाउँदा लागेको खर्च विवरण पनि आयोगमा बुझाउनुपर्ने बताए । जुनसुकै उम्मेदवारहरूले चुनावी क्षेत्रमा चुनावी सभा सम्मेलन गर्दा भएको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरूलाई उनले निर्देशन दिएका छन् ।

साथै उनले आयोगले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनुपर्ने भन्दै अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्