Logo

हिमालय एयरलाइन्सले थाल्यो भैरहवा–मलेसिया दैनिक उडान

तस्बिरः राधेश्याम विश्वकर्मा/रासस

१७ कात्तिक ०७९, भैरहवा । हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान शुरु गरेको छ । बिहीबार मलेसियाको क्वालालम्पुर विमानस्थलबाट भैरहवा अवतरण गरेको हिमालय एयरलाइन्सको पी–३२०जहाज बिहीबारक्वालालम्पुरका लागि उडेको हो ।  हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार अहिले दैनिक चार्टड उडान थालिएको हो । यो परीक्षण सफल भएमा हिमालयले सेड्युल उडान थाल्ने उनले जानकारी दिए । चार्टर्ड भएपनि दैनिक रुपमा नियमित दरकै भाडामा हिमालयले भैरहवाबाट उडान भर्नेछ । जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने हिमालय एयरलाइन्स दोस्रो कम्पनी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्