Logo

पाटनमा विद्यार्थीका ’इसेन्स अफ कलर’ कला प्रर्दशनी


१८ कात्तिक ०७९,ललितपुर ।‘योङ पिकासो’ ले पाटन सङ्ग्रहालयमा बुधबारदेखि स्कुलका विद्यार्थीका सिर्जनात्मक कलाको प्रदर्शनी आयोजना गरेको छ । आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वरिष्ठ कलाकार किरण मानन्धरले ’इसेन्स अफ कलर’ शीर्षकमा ६ स्कुलका विद्यार्थीको उत्कृष्ट सन्देशसहितको ३० चित्रकला प्रदर्शनी संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि अवसर प्रदान गर्ने योङ पिकासोको प्रशंसा कलाकार मानन्धरले गरे । त्यसैगरी काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले नेपालभाषाको रञ्जना लिपिबाट नेपाल लेखेकी थिइन् भने बाल बालिकाको शिप बिकास भए मात्र जीवन राम्रो हुने बताइन् । पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले योङ पिकासो र सहयात्राको संयुक्त आयोजित कला प्रदर्शनीमा स्कूलले बाल बालिका लाई भरपुर कलाको ज्ञान दिनुपर्ने मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा योङ पिकासो संस्थाका निर्देशक अजय देसारले सङ्घर्ष नगरी उपलब्धि हासिल हुन्न भन्दै योङ पिकासोले ग्रामीण जनजीवन, सो क्षेत्रका स्कुल तथा सहरी क्षेत्रमा विदाको सदुपयोग सिर्जनामै गर्ने अवसर प्रदान गर्दै आएको बताए । गाउँ गाउँ मा कलाको बिकास तथा विभिन्न कलाका कार्येक्रमले बाल बालिकालाइ अवसर मिल्ने बताउने देशारले बाल बालिका को हौसला दिन र भाबिष्यमा राम्रो कलाकार बन्न सहयोग मिलोश भन्ने उद्देश्यले चारदिने प्रदर्शनी आयोजना भएको बताए ।
चारदिने प्रदर्शनीमा ललितपुरका आदर्श विद्या सदन, क्षितिज स्कूल र ब्लुबर्ड स्कूल , काठमांडूबाट हिमालयन ह्वाइट हाउस र कौटिल्य ग्लोबल स्कुल र भक्तपुरबाट सिद्धार्थ विद्यापीठका ३० विद्यार्थीका सुन्दर चित्र राखिएका छन् ।
प्रर्दशनी १९ गते सनिबार सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्