Logo

मंगलबार धेरै समयपछि ठूलो खग्रास चन्द्र ग्रहण लाग्दै

१८ कात्तिक ०७९,काठमाडौं । यही कार्तिक २२ गते मङ्गलवार नेपाली आकाशबाट खग्रास चन्द्रग्रहण देखिने भएको छ । ज्यो. दीपक सुवेदीका अनुसार यो ग्रहण नेपाली समय अनुसार साँझ ५ः११ बजेदेखि ६ः३४ बजेसम्म लाग्ने छ । नेपालमा जम्मा १ घण्टा २३ मि.को अवधि रहने यो ग्रहण अन्य मुलुकहरूमा नेपालदेखि हुने देशान्तर अनुसार समय र अवधिमा फरक पर्न सक्छ ।
यो समयमा केतु र सूर्य एउटा राशिमा, यसै गरी राहु र चन्द्रमा अर्को एउटै राशिमा आपसमा नजिकको रेखांशमा आउँदै गर्दा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउने हुनाले यो ग्रहण लाग्न गइरहेको ज्यो. सुवेदीको भनाइ छ । पृथ्वीको एउटा पाटोले पूर्ण रूपमा चन्द्रमातर्फ जाने सूर्यको प्रकाशलाई रोकिदिने हुनाले चन्द्रमाको पूरै भागमा पृथ्वीको छायाँ पर्छ । फलस्वरूप पृथ्वीको अर्को पाटोबाट चन्द्रमा पूर्णरूपमा कालो देखिन्छ । यसरी चन्द्रमाको पूरै भागमा छायाँ पर्ने गरी लाग्ने खग्रास चन्द्रग्रहण ठूलो ग्रहण हो, यसप्रकारको ग्रहण विरलै र लामो समयको अन्तरालमा मात्रै लाग्ने सुवेदीले बताए ।
ग्रहण संक्रमणकारक हुने र त्यसमाथि पनि यो ग्रहण खग्रास भएकोले बढी शक्तिशाली र असरकारक हुने सुवेदीको भनाइ छ । यतिबेला बुध र शुक्र ग्रह अस्त रहेकोले ग्रहणलाई थप असरकारक बनाउँछ । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने, प्रतिकूल दिनदशा चल्नेहरूले अल्लि बढी सावधानी अप्नाउनु पर्ने, मनोरोगीहरूले बढी सावधानी अप्नाउनु पर्ने कुरामा सुवेदीको जोड छ ।

 

प्रतिक्रिया दिनुहोस्