Logo

ललितपुरको लगनखेलमा बुधबार एमालेले प्रचारसभा गर्दै, ओलिले सम्बोधन गर्ने


ललितपुर खबर
१९ कात्तिक ०७९, ललितपुर । ललितपुरको लगनखेलमा नेकपा एमाले ललितपु्रले प्रचारसभा गर्ने भएको छ । दिउँसो ३ बजे आयोजना गरिएको सभालाई पार्टी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दैछन् ।

फाइल तस्विर

जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले प्रचार सभाका लागि निर्वाचन कार्यालयबाट अनुमती लिएको ललितपुर खबरलाई बताए । भने, जिल्लाका तीनै क्षेत्रका उम्मेदवारहरुले सभालाई सम्बोधन गर्दैछन् । हजारौंको भीड जम्मा हुनेछ ।
उनले पछिल्लो समय ललितपुरमा एमालेको पक्षमा लहर बढेको बताए । उनले भने, ‘हेर्नुस न जहाँ त्याही एमालेमा प्रवेश गर्नेहरु बढेको बढ्यौ छन् ।’

प्रतिक्रिया दिनुहोस्