Logo

विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला

२१ कात्तिक ०७९, काठमाडौं ।  देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तिसारस्थित अन्जली डल्फिन रिसोर्ट प्रालि सञ्चालन गर्दै आईरहेका फ्रान्सेली नागरिक ६० वर्षीय गथिर रक्स आफ्नै रिसोर्ट भित्रको सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।काभ्रेको पाचँखाल नगरपालिका–९ पहरी टोल बस्ने ७० वर्षीय राम बहादुर थापा मगर र उनकी श्रीमती ५९ वर्षीया गिता थापा मगर आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका–२ चुनियास्थित जंगलमा हाल पहिचान नखुलेका पुरूषको शव आइतबार फेला परेको छ । कैलालीको गौरीगंगा नगरपालिका–४ मा बस्ने ४१ वर्षीय हर्क साउद आफ्नै काकीको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी९पश्चिम०को रामग्राम नगरपालिका–२ हाटबजारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको राजबिराज नगरपालिका–६ बस्ने ३५ वर्षीय प्रताप राई छिमेकीको टवाईलेट माथि ढलानमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्