Logo

डोटीमा भूकम्पः मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटी, २३ कात्तिक ।  डोटीमा भूकम्पका कारण घर भत्किएर पुरिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पमा घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो ।

मध्य रातमा खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण अन्य केही घाइते भएका छन् ।सो भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरमा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्