Logo

चापागाँउको झ्यालुण्टारमा भिषण आगलागी, गोठ जलेर नष्ट


२३ कात्तिक ०७९, चापागाँउ । गोदावरी नगरपालिका १० टाखेल झयालुङटारमा मंगलबार राती भिषण आगलागी भएको छ । प्रहरीका अनुसार यस ठाँउ बस्ने दिपेन्द्र तामाङको गोठमा मंगलबार राति आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीपछि करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।आगलागीको सम्बन्धमा ललितपुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्