Logo

काठमाडौंको एक होटलमा भेटिए पत्रकार अधिकारी मृत


२३ कात्तिक ०७९, काठमाडौं । पत्रकार सरोजराज अधिकारी काठमाडौँको एक होटलमा मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि आज उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन् । प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हुन् ।

प्रतिक्रिया दिनुहोस्