Logo

नख्खुमा राजकुमार बस्नेत मृत भेटिए

२७  कात्तिक ०७९,  ललितपुर । ललितपुरको नख्खुमा एक जना पुरुष मृत फेला परेका छन् ।  आइतबार दिउँसो ललितपुरको बागडोलका ४१ वर्षीय राजकुमार बस्नेत मृत भेटिएका हुन् । बस्नेतले नख्खुमा डीपो सञ्चालन गर्दै आएको खुलेको  प्रहरीले जनाएको छ ।

बस्नेतको टाउकोमा चोट  देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्