Logo

मंसिरमा पनि बैंकहरूकाे ब्याजदर नघट्ने

२९ कात्तिक ०७९,काठमाडौं । मंसिर महिनामा पनि बैंकहरूकाे ब्याजदर नघट्ने भएकाे छ । मंगलबार बसेको नेपाल बैंकर्स संघकाे निर्णय अनुसार बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै बैंकर्स संघले मङ्सिर महिनाका लागि ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो ।

यो सँगै मंसिरमा पनि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशत कायम गर्नेछन् । त्यस्तै अहिले बैंकहरुले संस्थागत मुद्दती निक्षेपमा १०.१३३ ब्याज दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्