Logo

भोजपुरमा चुनावी सभा भइरहेको स्थल नजिकै बम विस्फोट, १ जना घाइते

फाइल तस्विर

३० कात्तिक ०७९,भोजपुर ।भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभा भइरहेको स्थल नजिँकै बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभा भइरहेको स्थल नजिकै आज बुधवार बम विस्फोट भएको हो ।
विष्फोटमा परि भोजपुरको अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको खुट्टामा चोट लागेको र बम उहाँले नै बोकेको शङ्का गरिएको छ । उहाँ विप्लव कार्यकर्ता भन्ने बुझिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइते श्रेष्ठको स्थानीय किल्निकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्