Logo

‘गठबन्धन १०–१५ वर्ष जारी’


१ मंसिर ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०–१५ वर्षसम्म जारी रहने बताएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संविधानलाई नै धरापमा पार्ने काम गरेपछि गठबन्धन बनेको बताउँदै राजनीतिक स्थायित्वको लागि गठबन्धन १०–१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताए । चौरपाटी गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको अन्तिम चुनावी आमसभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समृद्धि र आर्थिक विकास राजनीतिक स्थायित्वको लागि गठबन्धनका उम्मेद्वारलाई जिताउनको लागि आग्रह गरे ।
गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको थियो । उनले एमाले अध्यक्ष ओली विरोध सहन नसक्ने नेता रहेको आरोप लगाए । ओलीजी विरोध सहन सक्दैनन्, कसैले विरोध गरिहाले संसद भंग गरिहाल्ने भएका कारण गठबन्धनको सरकारको जित आवश्यक रहेको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले आफ्नो मन्त्रीपरिषदका सदस्य शेरबहादुर कुँवर योग्य र सक्षम मन्त्री रहेको बताए । शेरबहादुर कुँवर जीले सम्हालेका मन्त्रालयले महत्वपूर्ण काम गरेको बताउँदै उनले आगामि दिनमा पनि मन्त्री बन्न सक्ने भएकाले जिताउनु पर्नेमा जोड दिएकान छन् । कुँवरलाई कलम, मेघराज खड्कालाई रुख र झपट साउदलाई गोलाकारभित्रको हसिंया हतौडमा मतदात गरेर विजय गराउएर पठाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने पनि दाबी गरे । गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र भएको उनको भनाई रहेको छ । नेपाल जलस्रोतको धनी देश रहेकाले विद्युत् उत्पादनमा जोड दिने र विद्युत् बेचेरै नेपाल समृद्ध बनाउन सकिने प्रधानमन्त्री देउवाको भनाई रहेको छ ।
भारतसँग पश्चिम सेति आयोजनालाई अघि बढाउन सहमति भएको पञ्चेश्वरको सहमति भएको बताए । भारतमा डेढ अर्वको विजुलि बच्ने तयारी रहेको पनि प्रधानमन्त्री देउवाको भनाई रहेको छ । चुनावी आमसभालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, एवंम प्रतिनिधि सभा क्षेत्र न.१ का उम्मेदवार शेरबहादुर कुँवर, नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाह, केन्द्रीय सदस्य नैन सिंह महर, प्रदेश क का उम्मेद्वार मेघराज खड्का लगायतका नेताले सम्वोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्