Logo

चर्चित ‘सिमसिमे पानीमा’ गीतको नयाँ भर्सन ल्याउदै गायिका रेखा शाह


१ मंसिर ०७९, काठमाडौं । गायिका रेखा शाह चर्चित ‘सिमसिमे पानीमा’ गीतको नयाँ भर्सन ल्याउने भएकी छिन् ।
यो गीत रेर्कड गराउने क्रममा शाह अहिले भारतको प्रख्यात बलिउडको सबैभन्दा ठूलो र प्रतिष्ठित स्टुडियो मध्यकै ‘यशराज स्टुडियो’ पुगेकी छिुन् ।
नेपाली सङ्गीतको एउटा अजम्बरी गीत रुपमा रहेको यो ’सिमसिमे पानीमा’ रेकर्ड भएकोे ३ दशक भैसकेको छ । परिवर्तित समयअनुसार यसको नयाँ स्वरुपको रेकर्डिङ गर्ने इच्छा अनुसार आफू भारत पुगेको गायिका शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।
यस गीतको नयाँ सङ्गीत संयोजन र उत्पादनका लागि रिकेश गुरुङ, भिडियो आर्काइभका लागि छायाँकार तथा निर्देशक रुपेश थापा र बलिउडको यस राज स्टुडियोसम्मको यात्राको संयोजनका लागि बलिउड फेम्ड संगीतकार शिखर सन्तोषले गरेका छन् ।
गायिका शाहले आफू छिट्टै यस जीगको नयाँ भर्सन सार्वजनिक गर्ने बताएकी छिन् ।
गायिका शाहले ३ दशक अघि गायक प्रेमराजा महतसँग यो गीत गाएकी थिइन् । रेडियो नेपालको एक संगीत प्रतियोगितामा गाएर पुरस्कृत भएका गायिका शाहले प्रेमराजा महतसँग युगल गीत गाएको भए पनि पछि महतले आफ्नो नाममा एल्वम निकालेपछि कपिराइटको मुद्दा चलेको थियो । सो मुद्दा गायिकाले जितेसँगै उनीसँगै यो गीतको कपिराइट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्