Logo

सुनको भाउ महंगियो

२ मंसिर ०७९, काठमाडौं ।  शुक्रबार सुन तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ पुगेको छ । यस दिन तेजाबी सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंसिर १ गते भने सुनको भाउमा सस्तिएको थियो । बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले गिरावट भएर ९८ हजार रुपैयाँमा झरेको थियो ।

साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने ओरालो लागेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

बिहीबार पनि चाँदी तोलामा १० रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार २८५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्