Logo

ट्याङ्करको ठक्करबाट बालकको मृत्यु


३ मंसिर ०७९, भक्तपुर । चाँगुनारायण नगरपालिका ३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्याङ्करले भक्तपुर नगरपालिका २ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
आज सडकमा खेलिरहेको बालकलाई पानी ट्याङ्करले ठक्कर दिई घाइते भएका रामेछाप सुनापाती गाउँपालिका ४ घर भई हाल ब्यासीमा बस्ने रबिन्द्र तामाङको छोरा सात वर्षीय विवेश तामाङको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिए ।
प्रहरीले बालकलाई ठक्कर दिने ट्याङ्करका चालक भक्तपुर नगरपालिका ९ कमलबिनायक बस्ने सिताराम पक्का नेवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्