Logo

आज देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै


४ मंसिर ०७९, काठमाडौं । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आज विहान ७ बजेदेखि ५ बजेसम्म देशभर मतदान हुँदैछ ।
हिजो शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले प्रमुख निर्वाचनका लागि सबै तयारी पूरा गरेको जानकारी दिएका छन् । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने सबै व्यवस्था मिलाइएको बताए ।
प्रतिनिधिसभाका २ सय् ५ र प्रदेशसभाका ५ सय ५० सदस्य चयनका लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिससभा सदस्यका लागि देशभरबाट १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा देशभरका सात प्रदेशमा ३ सय ३० जना प्रत्यक्ष र २ सय २० जना समानुपातिक संसदहरु निर्वाचित हुनेछन् ।
देशभरका सबैजसो ठाँउमा मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी पूरा गरिसकेका बताइएको छ ।
निर्वाचनकै लागि देशभर शुक्रबारदेखि मतदानको भोलिपल्ट सोमबारसम्म सार्वजनिक विदा दिएको छ ।
मतदान विथोल्ने र विथोल्न खोज्ने जो कोहीलाई कारबाही गर्ने आयोगले चेतावनी दिएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८ सय ४९, नेपाल प्रहरीका ७१ हजार ६ सय ९३, सशस्त्र प्रहरी बलका ३५ हजार १ सय १६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८ सय २१ सुरक्षाकर्मी खटिएका छन् । साथै निर्वाचनकै लागि देशभर १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।
निर्वाचनका लागि देशभर १० हजार ८९२ वटा मतदानस्थल र २२ हजार २२७ वटा मतदान केन्द्र रहेका छन् । २ लाख ४६ हजार ९६० जना निर्वाचन गराउनका लागि कर्मचारी खटिएका छन् ।
प्रतिनिधिसभाका २ सय ७५ र प्रदेशसभाका ५ सय ५० सदस्य लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्