Logo

रौतहटमा तीन राउण्ड गोली चल्यो

४ मंसिर ०७९, काठमाडौं । रौतहटमा तीन राउण्ड गोली चलेको छ । गुजरा नगरपालिकाको कनकापुर र गरुडामा गोली चलेको हो ।
प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा गरुडामा दुई राउण्ड गोली चलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीका अनुसार कनकापुरमा भने मतदान केन्द्रमा हुलहुज्जत हुँदा एक राउण्ड गोली फायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्