Logo

फोटोपत्रकारहरुलाई तस्बिर खिच्न रोकेपछि आपत्ति


४ मंसिर ०७९, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा फोटोपत्रकारहरुलाई तस्विर संकलन गर्न रोकेको भन्दै फोटोपत्रकार क्लवले आपत्ती व्यक्त गरेको छ ।
फोटोपत्रकार तथा आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहजढंगबाट तस्बिर तथा समाचार संकलन र संप्रेषण गर्ने वातावरण बनाउन पर्नेमा निर्वाचन आयोग नै काठमाडौै र भक्तपुर लगायत बिभिन्न मतदान स्थलहरुमा फोटोपत्रकारहरुलाई तस्बिर संकलन र सम्पे्रषण गर्न रोक्ने, सुरक्षाकर्मी प्रयोग गरेर असभ्य तवरले प्रस्तुत हुने, बाधा पु¥याएको चन्दै फोटोपत्रकार क्लब घोर भत्र्सना गरेको छ ।
निर्वाचन आयोगसँग पटक पटक भएको छलफलमा समेत फोटोपत्रकारहरुलाई तस्बिर संकलनमा सहजीकरण गर्ने, कुनै प्रकारको बाधा नगर्ने प्रतिबद्घता ब्यक्त गरेपनि आयोग नै रोकेको भन्दै फोटोपत्रकार क्लबले विरोध गरेको हो ।
नेपालको संविधानमै ग्यारेन्टी गरिएको प्रेस स्वतन्त्रतालाई संबैधानिक निकाय निर्वाचन आयोगले नै पटक–पटक पालना नगर्ने, प्रेस स्वतन्त्रतालाई मिच्न खोज्ने आदि क्रियाकलाप गरेको भन्दै फोटोपत्रकार क्लबको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निर्वाचन आयोगलाई संबिधानको पालाना गर्न, निर्वाचनका बिभिन्न गतिबिधीहरुको तस्बिर संकलन तथा संम्प्रेषणका लागी सहज वातावरण बनाउन फोटोपत्रकार क्लब निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्