Logo

ललितपुर ३ मा एमालेका अमृत अघि, घण्टीकी डा.तोसिमा पछि


ललितपुर खबर
५ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. ३ मा नेकपा एमालेका अमृत खड्का अघि लागेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछ्याएकी छिन् ।
निर्वाचन कार्यालयले दिएको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका अमृत खड्काले ४ सय ९७ मत पाएका छन् । स्वतन्त्र पार्टीकी डा. काकीले २ सय ८६ मत पाएकी छिन् ।
गठबन्धनकी उम्मेदवार पम्फा भुसालले तेश्रो स्थानमा रहदै १ सय ९मत पाएकी छिन् । यहाँबाट हाम्रो नेपाली पार्टीको लौरो चिन्हबाट उठेका राजाराम तण्डुकारले १७ मत पाएका छन् ।
१ हजार मत गणना गर्दा निर्वाचन कार्यालयले प्रारम्भिक नजिता प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्