Logo

काठमाडौँ २ को दुवै प्रदेशमा राप्रपा विजयी


७ मंसिर ०७९, काठमाडौं । बराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिएका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौँ क्षेत्र नं २ (२) राप्रपाका राजु विष्ट १२ हजार एक सय ६३ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गरेका छन् ।
यसअघि काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसीले विजयको सुरुआती खाता खोलेका थिए । केसीले पाँच हजार पाँच सय ९८ मत ल्याएका थिए ।
समानुपातिक मतगणना सुरु
काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना जारी रहेको छ । प्रदेशसभाको पनि केहीबेर अघिबाट गणना सुरु भएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्