Logo

समानुपातिकमा एमाले प्रत्यक्षमा काँग्रेस अगाडि


ललितपुर खबर
११ मंसिर ०७९, काठमाडौं । निर्वाचनको पछिल्लो परिणाम अनुसार नेकपा एमाले समानुपातिक मत गणनाको क्रममा झण्डै १ लाखभन्दा धेरै मतले अघि लागेको छ भने प्रत्यक्षतर्फ नेपाली काँग्रेस अघि छ ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणनाको क्रममा २१ लख ७५ हजार ल्याएको छ भने नेपाली काँग्रेसले २० लाख ९० हजार मत पाएको छ ।
नेकपा माओवादी केन्द्र ९ लाख २१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख ८६ हजार मत पाएका छन् । राप्रपाले ४ लाख ६८ हजार मत कटाएर राष्ट्रिय पार्टी बन्ने पक्का गरेको छ । अन्य दलहरुले अहिलेसम्म राष्ट्रिय पार्टीको मापदण्ड पार गरेका छैनन । राष्ट्रिय पार्टी बन्न ३ लाख मत कटाउनु पर्छ भने प्रत्यक्ष तर्फ कम्तिमा एउटा सिट विजय हुनु पर्छ ।
प्रत्यक्षतर्फ नेपाली काँग्रेसले अहिलेसम्म ५२ सिट जित्दै पहिलो बनेको छ । काँग्रेस ४ सिटमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले ४१ सिट जितेर दोश्रो स्थान सुरक्षित गरेको छ । एमाले अहिलेसम्म २ ठाँउमा अग्रता लिएको छ ।
नेकपा माओवादी केन्द्रले १७ सिट जितेर तेश्रो स्थान पक्का गरेको छ । एककृत समाजवादीले १० सिट जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट , राप्रपाले ७ सिट, जसपा ६, लोसपा ४ नाउपा ३ र अन्य स्वतन्त्र र पार्टीहरुले ८ सिटमा विजय प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्