Logo

थापाथलीस्थित सुकुम्बासीबस्ती तनावग्रस्त

१२ मंसिर ०७९, काठमाडौं ।   काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती भत्काउन पुगेको महानगरको टोलीमाथि बस्तीका मानिसले ढुंगामुढा गरेपछि तनावग्रस्त बनेको हो ।

वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा प्रहार गरेका हुन् । एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्