Logo

ललितपुर बस्ने विक्रम सारु अर्काको परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ

 

१४ मंसिर ०७९, ललितपुर । प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्रको परीक्षा दिने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१५ का २६ वर्षीय अरुण मण्डल रहेका छन् । उनलाई प्रहरीले काठमाडौंको दक्षिणढोकास्थित परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।
उनी बर्दियाको सुर्यपुरा–७ घर भई हाल ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन केन्द्र पुगेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्