Logo

ललितपुरमा मत बदरको संख्या धेरै, ५ प्रतिशतभन्दा बढी मत बदर


ललितपुर खबर
१९ मंसिर ०७९, ललितपुर । ललितपुर जिल्लामा मत बदरको संख्या डरलाग्दो रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय ललितपुरले उपलव्ध गराएको तथ्याङ्क अनुसार ललितपुरको प्रदेशसभातर्फको मत गणनामा ५.२० प्रतिशत मत बदर भएको छ ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ ललितपुरका तीनै क्षेत्रमा ३.५३ प्रतिशत मत बदर भएको छ । ललितपुर क्षेत्र नंं १ मा ५० हजार ५८३ मत खसेकोमा १ हजार ८०२ अर्थात् ३.५६ प्रतिशत मत बदर भयो । क्षेत्र नं. २ मा ५२ हजार २२५ मत खेसेकोमा १ हजार ५७० अर्थात् २.५७ मत बदर भयो । ललितपुर क्षेत्र नंं ३ मा१ लाख ६० हजार ३६५ मत खसेकोमा २ हजार २२० अर्थात् ३.६८ प्रतिशत मत बदर भयो ।
प्रतिनिधिसभाको समानुपालिकमा १ लाख ६६ हजार ०३६ मत खसेकोमा ५ हजार ५० अर्थात ३.०४ प्रतिशत म तबदर भएको छ ।
प्रदेशसभाको प्रत्यक्ष तर्फ जम्मा १ लाख ६४ हजार ९३५ मत खसेकोमा ५ हजार ४३९ अर्थात् ३.२९ प्रतिशत मत बदर भयो ।
प्रदेशसभा समानुपातिकमा अन्यको तुलनामा धेरै मत बदर भएको छ । यहाँ १६४ ८३७ मत खसेकोमा ८ हजार १४४ अर्थात प्रतिशत ५.२० मत बदर भएको छ ।
मत बदर हुनुमा मतदाता शिक्षा कमजोर रहेको ललितपुर क्षेत्र नं. ३ का निर्वाचन उपप्रमुख विष्णुप्रसाद पाण्डे बताउछन् । उनले भने, ‘धेरै मत पत्रमा ३४ वटा छाप लगाएको पाइयो । चार वटा छाप लगाउनु पर्छ भन्ने बुझेका मत दाताले ४ वटा मतपत्रमा एक एक छाप लगाउनु पर्छ भन्ने नबुझेको हुनसक्छ ।’
जिल्ला निर्वाचन प्रमुख गोमा धमला पनि मतदाता शिक्षा नदिदा म तबदर हुने संख्या बढ्दै गएको बताउछिन् । उनी भन्छिन्, ५ प्रतिशतभन्दा धेरै मत बदर हुनु दुःखद हो , आगामी निर्वाचनमा मतदाता शिक्षामा ध्यान दिनु जरुरी देखियो ।’

 

प्रतिक्रिया दिनुहोस्