Logo

राजधानीमा लैङ्हिक हिंसा सम्बिन्धि अनुसन्धान प्रतिवेदन सार्वजनिक

२० मंसिर ०७९, ललितपुर । राजधानीमा लैङ्हिक हिंसा सम्बिन्धि अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ ।
सोमबार मधेसी आयोगका विनयकुमार दत्त,एडमिनकी अध्यक्ष सिता पौडेल,महानगरिय प्रहरी परिसरकी महिला वालवालिका सेलकी प्रमुख मिरा राईलगायतले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
“सभ्य समाजको पहिचान लैङ्हिक हिसां हिरुद्धको अहियान” भन्ने मुल नाराका साथ लैंहिक हिसांहिरुद्ध को १६ दिने अहियान कार्यक्रम अन्र्तगत परिवर्तनका लागि सहकार्य नेपालद्वारा तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
महालक्ष्मी नगरपालिका, किर्तिपुर नगरपालिका, गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका र कैलाली नगरपालिकामा “सिमान्तकृत महिला तथा किशोरी माथि हुने लैंगिक हिंसा र भेदभाव मा अध्यन अनुसार प्रतिबेदन सार्बजनिक गरेको हो । प्रतिवेदनमा महिलाहरुमाथि हुने हिंसा अझैं विकराल रहेको उल्येख छ ।
प्रतिवेदनमा ३० देखि ३९ वर्ष उमेरका महिलाहरुमाथि हिंसा हुने गरेको र भौतिक हिंसाको रुप डरलाग्दो रहेको उल्येख छ । प्रतिवेदन अनुसार घरेलु हिंसा बाहिरको हिंसाभन्दा ज्यादा रहेको छ ।
संस्थाकी कार्यकारी निर्देशक इन्दिरा घलेले हिंसा पिडित ३ तीन सय वालवालिका तथा महिलाहरुलाई छात्रबृद्धि दिइएको बताइन् ।
प्रतिवेदन सार्वजनिकसंगै आयोजित अर्नक्रियामा समाजमा ७५ प्रतिशत हिंसाका घटना सार्वजनिक नहुने बताइएको थियो । सामाजिक प्रतिष्ठाका कारण समाजमै दविएका यी हिंसाका घटना सार्वजनिक भए पनि न्यान दिलाउन कठीन रहेको, पिडित र पिडक मुद्दामै बीचमा मेलमिलाप गर्ने गरेको, निशुल्क कानूनी सेवा नपाउने, पिडितको आर्थिक अवस्था कमजोर हुँदा न्याय दिलाउन कठीन हुने गरेरको र अधिकारकर्मीले पिडितलाई सहयोग गर्न आर्थिक समस्या हुने गरेको जस्ता समस्या अन्र्तक्रियाका क्रममा उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्