Logo

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय

२१ मंसिर ०७९,काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । बुधवार सङ्घीय संसद् सचिवालयले जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वाेच्च अदालतमा पठाएको हो ।
योसँगै प्रधानन्यायाधीश जबरा अदालतमा फर्किने बाटो खुलेको छ । आफूविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै जबराले सर्वाेच्च अदालत जाने तयारी गरेका छन् ।

यसअघि गएको फागुन १ गते जबराविरुद्ध विभिन्न आरोप लगाएर सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रतिनिधि सभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै जबरा जबरा स्वतः निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्