लोकन्थलीबाट सुनको गरगहना चोरी गर्ने पक्राउ
२२ मङ्सिर ०७९ मध्यपुरठिमी । मध्यपुरठिमी नगरपालिका १ लोकन्थलीबाट सुनका विभिन्न गरगहना चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले धादिङ धुनीबेँसी नगरपालिका ९ का २७ वर्षीय सिजल तामाङलाई फक्राउ गरेको हो ।
उनले देलखा भीमेश्वर नगरपालिका ९ का ४१ वर्षीय हरिबाबु कार्कीको कोठमाबाट तीन लाख ५९ हजार बराबरको सुनको विभिन्न गरगहना चोरी गरेका थिए ।