Logo

सिताराम कुञ्जनाले छोरी सुविहानीलाई लगाइदिए गुञ्यूचोलो


२३ मंसिर ०७९, ललितपुर । हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आफ्नी छोरी सुबिहानी कट्टेललाई गुन्यू चोलो लगाइदिएका छन् ।
ललितपुरको हरिसिद्दिस्थित बुढामामाघरमा उनलाई गुन्यू चोलो दिएको कुञ्जनाकी आमा सिता घिमिरेले ललितपुर खबरलाई बताइन् ।
गुन्यु चोलो लगाएसँगै कलाकार कुञ्जनाले सुन्दर तस्विरहरु सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेकी छिन् ।
हास्यकलाकार सिताराम कुञ्जना छोरी सुबिहानीसँग निकै खुशी देखिएका छन् । सिताराम र कुञ्जनाको एक मात्र सन्तानको रुपमा रहेकी सुबिहानी ९ वर्षकी भएकी छन् ।
लामो समयदेखि हास्य कलाकारिता गर्दै आएका उनीहरु पछिल्लो समय सामाजिक काममा सक्रिय छन् । सामाजिक काममा सक्रिय रहेकै कारण लामो समयदेखि कला क्षेत्रमा देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्