Logo

काठमाडौं उपत्यकामा बढ्यो चिसो, तापक्रम ६ डिग्री


२५ मंसिर ०७९, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा चिसो अत्याधिक बढ्न थालेको छ । मौसम विज्ञान विभागका अनुसार आज आइतबार विहान न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ । यो वर्षकै सबैभन्दा कम हो ।
चिसो बढेसँगै राजधानीमा साँझ विहान सडकमा भीडभाड कम भएको छ । जाडोका कारण खुला ठाँउमा आगो ताप्नेको संख्या बढ्न थालेको छ ।
काठमाडौंमा अझैं जाडो बढ्ने विभागको भनाई छ ।
महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्