Logo

इमाडोलमा ट्याक्सीसँग ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते

२५ मंसिर ०७९, इमाडोल । ललितपुरको इमाडोलमा मोटरसाइकल र ट्याक्सी ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश-०२-०३० प ८३५९ नम्बरको मोटरसाइकल र बा २ ज ५४४७ नम्बरको ट्याक्सी शनिबार बेलुकी साढे ८ बजे आपसमा ठोकिएका थिए । दुर्घटनामा काठमाडौं न्यूरोडका ४० वर्षीय उज्ज्वल मल्ल घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार इमाडोल स्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्