Logo

अध्यादेश ल्याएर सत्ता स्वार्थपूर्ति गर्न खोजेको भीम रावलको आरोप


२६ मंसिर ०७९, काठमाडौं । अध्यादेश ल्याएर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा सहभागी दलका नेताहरूले सत्ता स्वार्थपूर्ति गर्न खोजेको नेकपा एमालेका नेता भीम रावलको आरोप छ । सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई आममाफी दिने कानुनी बाटो बनाउन मन्त्रिपरिषद् बैठकले आइतबार अध्यादेश ल्याउने निर्णय गरेको हो ।

आज समाजिक सञ्जाल मार्फत नेता रावलले प्रधानमन्त्री देउवा र सरकारमा सहभागी दलका नेताहरूले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थपूर्ति गर्न खोजेको आरोप लगाएका हुन् ।नेता रावलल अध्यादेश ल्याउनु नेपाली जनताको जनादेशको समेत घर अपमान भएको बताएका छन् ।

उनले प्रधानमन्त्री र सरकारमा सहभागी नेताहरू अनैतिक र लज्जास्पद बाटो समत्न लालायित भएको बताएका छन् । नेता रावलले देश र जनताका बीचमा चुनावमा गरेका वाचा किन भुलेको भन्दै प्रश्न समेत गरेका छन् ।अदालतमा विचाराधीन रहेका मुद्दा पनि फिर्ता लिनसक्ने गरी अध्यादेश ल्याइ कानुनी व्यवस्था गर्ने निर्णय गर्नु कुशासन बढाउने स्वेच्छाचारी काम भएको उनले को आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्