कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी
५ पुस ०७९, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर दुबै नेताले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ ।
सोमबारदेखि नै सुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाले उम्मेदवारी दर्ता गराएका छन् ।