Logo

काठमाडौं उपत्यकामा हुस्सु,त्रिभुवन विमानस्थलमा उडान प्रभावित


७ पुस ०७९, काठमाडौं । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिएका छन् । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उनले भने ।
मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्