प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ
७ पुस ०७९, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित समारोहमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित संसदहरुलाई सपथ खुवाएका हुन्।
ज्येष्ठ सदस्य जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार शपथ लिएका थिए । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ ।
ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । प्रतिनिधिसभाको निर्वाचन भएको ३३ दिनपछि २७५ सांसदले बिहीबार शपथ लिएका हुन् ।