महान्यायाधिवक्तामा डा. पोखरेल सिफारिस
१२ पुस ०७९, काठमाडौं । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस भएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई कानुनी सल्लाहकारका रूपमा सिफारिस गरेको बताइएको छ ।
पोखरेल नेपालको संविधानको धारा १५७ (१) बमोजिम महान्यायाधिवक्ता हुँदै छन् । संविधानको धारा १५७ (२) मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ ।