Logo

टोखा र बुढानिलकण्ठमा दुई जनाको मृत्यु


१३ पुस ०७९, काठमाडौं । टोखा र बुढानिलकण्ठमा एक एक जना गरि दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका ९ मितेरी पुल नजिक सडक पेटीमा एकिन वतन नखुलेकी नुवाकोट घर भएकी ३५ वर्षीया सोना तामाङ मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं, बूढानिलकण्ठ नगरपालिका १३ चुनिखेल चिहाने खोला करिडोरस्थित टहरा बनाई बसेकी ३९ वर्षीया अनुषा चौधरी मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्