माओवादी केन्द्र बागमती प्रदेश सभा संसदीय दलको नेतामा जम्मकट्टेल
१६ पुस ०७९, काठमाडौं । नेकपा नेकपा माओवादी केन्द्रको बागमती प्रदेश सभा संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । शनिबारको प्रदेश सभा संसदीय दलको बैठकले जम्मकट्टेललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
माओवादीको बागमती प्रदेश सभा संसदीय दलको नेतामा जम्मकट्टेलसँगै गंगा श्रेष्ठ, सरल सहयात्री पौडेल र युवराज दुलाल पनि आकांक्षी थिए । अन्तिममा जम्मकट्टेल सर्वसम्मतिबाट नेता चयन भएका हुन् ।