Logo

प्रचण्ड र बावुरामको पार्टीबीच एकता हुँदै, एकताको तयारी पूरा


काठमाडौं
२३ पुस । माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी पूरा भएको छ । नपालेसमाजवादी पार्टीका नेता गङ्गानारायण श्रेष्ठका अनुसार प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्तापछि दुई पार्टीबीचको एकता, यही पुस २६ गते सरकारलाई विश्वसको मत दिने विषय र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको छ ।
सात वर्षअघि माओवादी पार्टीको वरिष्ठ उपाध्य रहनुभएका डा भट्टराईले विसं २०७२ को ९ असोजमा माओवादी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाउँदै अहिले नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्ष बनेका छन् । नेसपाले ४ मङ्सिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो ।
आज भएको दुई पार्टीका अध्यक्षहरूको भेटपछि पार्टी एकताको वार्ताको निम्ति कार्यदल बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो । सोहीअनुसार माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतसहित वार्ता टोली बनाएको छ । नेसपाले भने आइतबार राजनीतिक समितिको बैठक बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्